प्रहरी जवान मृत फेला

विराटनगर । विराटनगरमा निलम्बित एक प्रहरी जवान मृत अवस्थामा फेला पर्नुभएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठका अनुसार महानगरपालिका–५ का २६ वर्षीय प्रहरी जवान जितविक्रम दाहाल घर नजिकैको रुखमा झुन्डिएको अवस्थामा फेला पर्नुभएको हो ।

प्रवक्ता श्रेष्ठले आफन्तले आज दाहाललाई घरअगाडिको भोगटेको रूखमा झुण्डिएको देखेपछि प्रहरीलाई खबर गरेको जानकारी दिनुभएको छ । पछिल्लो समय दाहाल सुनसरीको शुक्रबारे प्रहरी चौकीमा कार्यरत हुनुहुन्थ्यो ।

दाहाललाई महिला बलात्कारको प्रयास आरोपमा सुनसरी प्रहरीले जबर्जस्ती करणी उद्योगको मुद्दा चलाएको थियो । आरोप लागेपछि दाहाल पुसमा निलम्बनमा पर्नुभएको थियो । अदालतबाट धरौटीमा छुटेपछि उहाँ विराटनगरस्थित घरमै बस्दै आउनुभएको थियो ।

पछिल्लो समय डिप्रेसनको बिरामी भई औषधि सेवन गर्दै आएको खुलेको छ। शवको विराटनगरस्थित कोसी अस्पतालमा पोस्टमार्टम गरिएको जानकारी दिँदै प्रवक्ता श्रेष्ठले दाहालको मृत्युबारे अनुसन्धान भइरहेको जानकारी दिनुभएको छ ।

Back to top button