एमाले नेतृत्वको सरकार ढाल्नेसँग गठबन्धन हुँदैनः इश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेकपा एमाले सरकार ढाल्नेसँग चुनावमा गठबन्धन नहुने बताउनुभएको छ ।

प्रेस चौतारी नेपाल चितवनले बिहान भरतपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उहाँले एमाले नेतृत्वमा भएको कम्युनिष्ट सरकार ढालेर मूल प्रतिद्वन्द्वीको नेतृत्वमा सरकार बनाउनेसँग गठबन्धन हुनै नसक्ने बताउनुभएको हो ।

उहाँले भन्नुभयो ‘नेकपा एमाले कुनै गठबन्धनको पक्षमा छैन एकदम प्रष्ट हुनुस् ।’ एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलले स्थानीय आवश्यकता अनुसार स्थानीय तहमा भने कसैसँग तालमेल हुन सक्ने बताउनुभएको छ ।

राप्रपा नेपालका अध्यक्ष कमल थापा लगायतका नेताहरुसँग भएको भेटबारे सोधिएको प्रश्नमा उहाँले भेटघाट सामान्य भएको बताउनुभयो ।

Back to top button