काष्ठमण्डप पुननिर्माणपछि आज उद्घाटन हुँदै

काठमाडौं । २०७२ सालको बिनाशकारी भूकम्पले पूर्णरुपमा क्षतिग्रस्त काष्ठमण्डपको पुननिर्माण पछि आज उद्घाटन गरिँदैछ ।पुनर्निमार्ण सम्पन्न काष्ठमण्डपको आज दिउँसो उद्घाटन गरिने भएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले दिउँसो १ बजे उद्घाटन गर्ने कार्यक्रम तय भएको काष्ठमण्डप पुनर्निमार्ण समितिले जनाएको छ । ०७२ वैशाख १२ गतेको भुकम्पले ध्वस्तपारेको काष्टमण्डपको २०७५ देखि पुनर्निमार्ण सुरू भएको थियो ।

करिब साढे ११ करोड रुपैयाँको लागतमा काष्ठमण्डपको पुनर्निर्माण सम्पन्न भएका समितिले जनाएको छ ।

Back to top button