पाँचथर उद्योग बाणिज्य संघमा गठबन्धनलाई पछार्दै एमालेका घिमिरे बिजयी

पाँचथर । पाँचथर उद्योग वाणिज्य संघको अधिवेशनमा सत्ता गठबन्धनका उम्मेदवारलाई पछार्दै एमालेका उम्मेदवार बिजयी हुनुभएको छ । अध्यक्षमा गठबन्धनका नरेन्द्र अधिकारीलाई पराजित गर्दै एमाले पक्षधरका नवराज घिमिरे अध्यक्षमा विजयी हुनुभएको हो ।

घिमिरेले मत ६ सय ५२ प्राप्त गर्दा अधिकारीले ५ सय ७३ मत प्राप्त गर्नुभएको छ । अधिकारी सत्ता गठबन्धनबाट कांग्रेसका उम्मेदवार हुनुहुन्थ्ययो ।

कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र संघिय समाजवादीबीच गठबन्धन बनेको थियो । घिमिरे नेकपा (एमाले) का हुनुहुन्छ । एमाले र राप्रपा बिच गठबन्धन भएको थियो।

स्थापनादेखि पहिलो पटक पाँचथर उद्योग वाणिज्य संघको नेतृत्व कांग्रेसले गुमाएको हो। पदाधिकारीमा भने सत्ता गठबन्धनका बहुमत उम्मेदवार विजयी भएका छन् ।

Back to top button