माओवादीबाट निर्वाचित गाउँपालिका अध्यक्ष एमालेमा प्रवेश

काठमाडौं । माओवादी केन्द्रबाट निर्वाचित धादिङ बेनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष पित्तबहादुर (हरि) डल्लाकोटी नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । डल्लाकोटी आज एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेर एमाले प्रवेश गर्नुभएको हो ।

ओलीले डल्लाकोटीलाई माला लगाएर पार्टी प्रवेश गराउनुभएको छ । २०७४ को स्थानीय तहमा माओवादीतर्फबाट धादिङमा पालिका प्रमुखमा उहाँ मात्रै निर्वाचित हुनुभएको थियो । उहाँ एमालेमा सक्रिय हुँदाहुँदै १५ वर्षअघि माओवादी प्रवेश गर्नुभएको थियो ।

 उहाँ बालकोटमै रहँदा प्रचण्डले फोन गरेर एमालेमा नलाग्न आग्रह गर्नुभएको थियो । यद्यपी डल्लाकोटीले एमाले नै रोज्नुभएको हो ।उहाँ नेकपा माओवादी केन्द्र बागमती प्रदेश कमिटीको सदस्य हुनुहुन्थ्यो ।

Back to top button