त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेटः नेपालले दियो पीएनजीलाई १ सय ६९ रनको लक्ष्य

काठमाडौं । त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट श्रृङ्खलाको फाइनलमा नेपालले पपुवा न्यु गिनी (पीएनजी)लाई १ सय ६९ रनको लक्ष्य दिएको छ।

टस जितेर पीएनजीले फिल्डिङ रोजेपछि पहिले व्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ६८ रन बनाएको हो।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले अर्धशतक बनाउनुभयो । ३८ बलको सामना गर्दै उहाँले ५ चौकाको मद्दतमा ५४ रन जोड्नुभएको हो । यस्तै करण केसीले विष्फोटक व्याटिङ गर्दै १२ बलमा ३३ रन बनाउँदा आशिफ शेखले २९, कुशल भुर्तेलले २५, र मोहम्मद आदिल आलमले १५ रन जोड्नुभयो ।

बलिङतर्फ पीएनजीका सेमो कामियाले तीन तथा चाड सोपर, कबुआ मोरेअ र रिले हेकुरेले एक–एक विकेट लिनुभयो । नेपाल लिग चरणमा अपराजित रहँदै फाइनल पुगेको हो भने लिग चरणका चारमध्ये एक खेल मात्रै जितेको पीएनजी नेट रनरेटमा मलेसियालाई पछि पार्दै फाइनल प्रवेश गरेको हो।

Back to top button