विगतको सरकारले प्रतिगमन निम्त्याएकाले गठबन्धन आवश्यक पर्‍यो

विराटनगर । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले विगत सरकारले प्रतिगमन निम्त्याएको र अहङ्कारी बनेकाले नै गठबन्धनको आवश्यकता परेको बताउनुभएको छ ।

आज विराटनगर विमानस्थलमा पत्रकारहरुसँगको संक्षिप्त कुराकानीमा उहाँले लोकतन्त्रवादी शक्ति एक भएर जानुपर्ने बताउनुभएको छ । उहाँले आसन्न स्थानीय तहको निर्वाचनमा लोकतन्त्रवादीको गठबन्धन हुने भन्दै गठबन्धन ‘वीनवीन’को सिद्धान्तबाट हुने समेत बताउनुभयो ।

अध्यक्ष नेपालले नेकपा (एकीकृत समाजवादी) नै असली कम्युनिष्ट पार्टी भएकाले मतदाताले कलम चिह्नमा अपार मत हाल्ने दाबी गर्नुभयो । उहाँले युक्रेन र रुसको बिषयमा समस्या जटिल भएकाले त्यसको समाधान बहस र छलफलबाट टुङ्ग्याउनुपर्ने बताउनुभयो ।

Back to top button