
श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेले देशका सबै राजनीतिक दलहरूलाई सरकारमा सहभागी हुन आह्वान गर्नुभएको छ । उहाँले सबै राजनितिक दलहरुलाई सरकारमा सहभागि भई राष्ट्रिय संकटको समाधानका लागि एकजुट भएर काम गर्न आह्वान गर्नुभएको हो ।
आह्वानपत्रमा राष्ट्रपतिले वर्तमान संकट धेरै आर्थिक र विश्वव्यापी चिन्ताको परिणाम भएको र देशको लोकतान्त्रिक प्रक्रिया भित्रैबाट समाधान खोज्नुपर्नेमा जोड दिनुभएको छ ।
एसियाको एक अग्रणी लोकतन्त्रका रूपमा यसलाई लोकतन्त्रको ढाँचामा नै सम्बोधन गर्न आवश्यक छ, पत्रमा भनिएको छ, ‘नागरिक र भावी पुस्ताको हितमा राष्ट्रिय हितमा मिलेर काम गर्नुपर्छ।’
श्रीलंका टापु राष्ट्रका ठूलो संख्यामा मानिसहरूलाई असर गरिरहेको खाद्यान्न र इन्धन अभावको साथ गम्भीर आर्थिक संकटसँगै लडिरहेको छ।
कोभिड–१९ को महामारीको सुरुवातदेखि नै अर्थतन्त्र धरापमा छ। सबै २६ जना मन्त्रीहरूले नयाँ मन्त्रिपरिषद् गठनका लागि मार्ग प्रशस्त गर्दै राजीनामा दिन सहमति जनाउँदै जनाएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले उल्लेख गरेका छन् ।
यसैबीच श्रीलंकामा शनिबार साँझ ६ बजे लगाइएको ३६ घण्टा लामो कर्फ्यु सोमबार बिहान ६ बजे हटाइएको छ । तर देश अझै पनि आपतकालीन अवस्थामा छ।
यस्तै सरकारले शनिबारदेखि सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्ध प्रधानमन्त्रीका छोरा नमल राजापाक्षेको विरोध गरेपनि हिजो दिउँसोबाट प्रतिबन्ध हटाइएको थियो।