काठमाडौं उपत्यकामा ७ जना थपिए कोरोना संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ५ र भक्तपुरमा २ जना संक्रमित थपिएका हुन्।

यस्तै गत २४ घण्टामा देशभर ३३ जनामा कोरोना पुष्टि भएको छ।

आज ८९ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हाल देशभर ८ सय ४२ जना सक्रिय संक्रमित रहेका छन्।

गत २४ घन्टामा २ हजार ९ सय ४२ पीसीआर तथा २ हजार १ सय १७ एन्टिजेन परीक्षण भएको छ।

Back to top button