२५,०० को बिन्दुबाट झर्‍यो नेप्से, डेढ अर्बको सेयर कारोबार

काठमाडौं । सेयर बजार परिसूचक नेप्से २५,०० अंकको बिन्दुबाट झरेको छ । साताको दोस्रो कारोबार दिन आज नेप्सेमा ० दशमलव ५९ प्रतिशतले गिरावट हुँदा २५,०० को सर्पोट बिन्दुबाट झल झरेको हो ।

लामो समयदेखि २५,०० अंकको सपोर्टबाट उकालो लाग्ने गरेको नेप्से आज १४ दशमलव ८८ अंकले गिरावट भएर २४९८ दशमलव ५३ अंकमा बन्द भएको छ ।

नेप्सेसँगै सबै उपसूचकमा गिरावट भएको छ । नेप्सेमा गिरावट भएपनि हिजोको भन्दा कारोबार रकम केही बढेर डेढ अर्ब नाघेको छ । हिजो १ अर्ब ४६ करोडको कारोबार भएको बजारमा आज १ अर्ब ५८ करोडको कारोबार भएको छ ।

आज बजारमा इमर्जिङ नेपालको ६ करोडको कारोबार हुँदा नबिल बैंकको साढे ५ करोड र सूर्या लाइफको साढे चार करोडको कारोबार भएको छ ।

आज बजारमा १ सय ९४ कम्पनीको सेयर कारोबार भएकोमा १ सय ४६ कम्पनीको सेयरमूल्यमा गिरावट हुँदा ३६ कम्पनीको बढेको छ । त्यस्तै १२ कम्पनीको भने स्थिर रहेको छ ।

राष्ट्र उत्थान लघुवित्त र नेस्डो समृद्धि लघुवित्तको सेयरमूल्य बढेर सर्किट लेभलमा बन्द हुँदा इमर्जिङ नेपालको ९ दशमलव १२ प्रतिशत र लिबर्टी इनर्जी लिमिटेडको २ दशमलव ०१ प्रतिशतले बढेको छ ।

यस्तै कर्णाली डेभलपमेन्ट बैंकको सेयरमूल्य सवार्धिक ४ दशमलव २८ प्रतिशतले गिरावट हुँदा प्रभु इन्स्योरेन्सको ४ दशमलव ०१ प्रतिशत र सिद्धार्थ इन्स्योरेन्सको ३ दशमलव ४२ प्रतिशतले गिरावट भएको छ ।

Back to top button