स्थानीय तह निर्वाचनको लागि मतपत्र छपाईको काम सुरु

काठमाडौं । स्थानीय तह निर्वाचनका लागि मतपत्र छाप्न थालिएको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जनक शिक्षा सामग्री केन्द्रमा छपाइ कार्य भइरहेको बताउनुभएको छ ।

उहाँका अनुसार कुल २३ लहर समूहका ७७ प्रकारका १ करोड ९४ लाख थान मतपत्र छपाइ हुने छन् । सबैभन्दा कम १६ लहरको मतपत्र डोल्पाको हुनेछ भने सबैभन्दा बढी ५६ लहरको मतपत्र काठमाडौंको हुनेछ ।

एक लाख ८० हजार थान नमुना मतपत्र भने छपाइ सकिएको उहाँले बताउनुभयो । दुर्गम जान धेरै समय लाग्ने भएकाले दुर्गम जिल्लाको मतपत्र पहिले छापिने उहाँले जानकारी दिनुभयो ।

२०७९ वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनका लागि राष्ट्रिय मान्यता प्राप्त ६ दलसहित साना दल गरी ७९ दलले भाग लिँदै छन्। आयोगले साना दललाई पनि उनीहरूले नै प्रयोग गर्दै आएको चुनाव चिन्ह दिने जनाएको छ ।

Back to top button