धनुषाका दुई स्थानीय तहका उपप्रमुखहरु एमालेमा प्रवेश

जनकपुरधाम । माओवादीबाट निर्वाचित धनुषाका दुई स्थानीय तहका उपप्रमुखहरु नेकपा एमालेमा प्रवेश गर्नुभएको छ ।

धनुषाको विदेह नगरपालिकाकी उप–मेयर निलम मण्डललाई नेकपा एमालेका पार्टीका सचीव रघुविर महासेठ र केन्द्रीय सदस्य जुली महतोले जनकपुरधाम स्थित आफ्नै निवासमा एमाले गराउनुभएको हो ।

यसअघि माओवादी केन्द्रबाट विदेह नगरपालिकामा विजयी भएका मेयर बेचन दासले नेपाल कम्युनिष्ट पार्टी भंग हुँदा एमाले रोज्नुभएको थियो ।

सोही अवसरमा लोकतान्त्रिक समाजवादी पार्टी जनकपुरका चर्चित युवा नेता सुशील कर्ण र मारवाडी युवा मञ्चको अध्यक्ष दिपक बजाज (मौसम) पनि एमाले प्रवेश गर्नुभएको छ ।

हिजो मात्रै धनुषाकै गणेशमान चारनाथ नगरपालिकाकी उपमेयर मीनाकुमारी यादव नेकपा माओवादी केन्द्र परित्याग गरि नेकपा एमालेमा प्रवेश गर्नुभएको छ ।

माओवादी केन्द्रबाट २०७४ सालको निर्वाचनमा २ हजार ६ सय १० मत प्राप्त गरी निर्वाचित हुनुभएकी यादव हिजो एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर पार्टी प्रवेश गर्नुभएको हो ।

पार्टी प्रवेशमा नेकपा एमालेका जिल्ला ईन्चार्ज रामचन्द्र मण्डल, जिल्ला अध्यक्ष राजकिशोर यादव सहितका नेता तथा कार्यकर्ताहरुको सहभागिता थियो।

Back to top button