बिरगञ्जमा आज दुई पालिका उपप्रमुख सहित हजारौं ब्यक्ति एमालेमा प्रवेश गर्ने

काठमाडौ । जनता समाजवादी पार्टीबाट चुनाव जितेका दुईजना गाउँपालिका उपाध्यक्ष सहित हजारौं जना आज विभिन्न पार्टी परित्याग गरि एमालेमा प्रवेश गर्ने भएका छन् । उनीहरुलाई आज नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वीरगञ्ज पुगेर पार्टी प्रवेश गराउने कार्यक्रम रहेको छ ।

एमाले केन्द्रीय प्रचार विभागका सदस्य एवं बिरगञ्ज महानगर कमिटीका उपाध्यक्ष महेश दासका अनुसार धोविनी गाउँपालिका उपप्रमुख पारस पटेल र सखुवाप्रसौनी गाउँपालिका उपप्रमुख फुलमती देवी थरुनी एमालेमा प्रवेश गर्दै हुनुहुन्छ ।

यसैगरी नेकपा मालेका पर्सा जिल्ला सचिव लक्ष्मीराज न्यौपाने पनि आज एमालेमा प्रवेश गर्ने हुनुभएको छ । विपी उद्यान घण्टाघरमा आयोजना हुने कार्यक्रममा अन्य पार्टी त्यागेर ठूलो संख्यामा मानिसहरु एमाले प्रवेश गर्ने कार्यक्रम रहेको पर्सा जिल्ला अध्यक्ष जयप्रकाश थारुले जानकारी दिनुभयो ।

बिरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगी एमालेमा प्रवेश गरेपछि पर्साका जनप्रतिनिधी र अन्य पार्टीका नेता कार्यकर्ता एमाले प्रवेशको लहर चलेको छ ।

Back to top button