बाँकेको कोहलपुरबाट पाँच जना जुवाडे पक्राउ

बाँके । बाँकेको कोहलपुर नगरपालिका–११ स्थित बसपार्कबाट प्रहरीले जुवा खेलिरहेका पाँच जनालाई पक्राउ गरेको छ ।

बसपार्कमा रहेको होटेल रेडिसनबाट गएराति जुवाडेहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको टोलीले जुवा खालबाट ३ लाख ६२ हजार ६ सय ५० रूपैयाँ नगद बरामद गरेको छ ।

आरोपीहरुलाई जुवा मुद्दामा म्याद लिएर अनुसन्धान गरिने जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।

Back to top button