चुनावी प्रचारका लागि एमालेद्धारा टिकटक प्रतिष्पर्धाको आयोजना

काठमाडौं । स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै नेकपा एमालेले चुनाव केन्द्रित ‘टिकटक कम्पिटिसन’को आयोजना गरेको छ ।प्रतिस्पर्धामा सहभागी भएकामध्ये उत्कृष्टलाई नगद एक लाख रुपैयाँसम्म पुरस्कार प्रदान गरिने भएको छ ।

रचनात्मक र लोकप्रिय गरी दुईवटा विधामा पुरस्कारको व्यवस्था गरिएको छ । रचनात्मक भिडियो निर्माण गर्ने तथा अत्यधिक भ्यूज भएको भिडियो निर्मातालाई एक लाख रुपैयाँ पुरस्कार प्रदान गरिने भएको छ । यस्तै, द्वितीय र तृतीय हुनेले क्रमश ५० हजार र २५ हजार नगद प्राप्त गर्नेछन् ।

भिडियो नेकपा एमालेले अघि सारेको योजना र विकासमा आधारित हुनुपर्ने बताइएको छ । भिडियोमा ह्यासट्याग भोट फर सन्, सीपीएन यूएमएल, साइबर सर्कल नेपाल, आईएम विथ केपी ओलीको प्रयोग गर्नुपर्ने छ ।

‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्ने उद्देश्यले राष्ट्रिय युवा संघ र साइबर सर्कलले एमालेको विचारधारा, विकास निर्माणको गतिविधि र पार्टीको सिद्धान्तलाई चर्चित भिडियो प्लेटफर्म टिकटकमार्फत नवीनता र सिर्जनशीलता पूर्वक समाजमा प्रस्तुत गर्न प्रतिस्पर्धाको आयोजना गरिएको हो ।

Back to top button