
उदयपुर । उदयपुरको बेलका नगरपालिकाको जसोधा खोलामा एक बालिकाको शव फेला परेको छ । बेलका–३ बुद्धचोककी १५ वर्षीया बालिका कविता सुनुवारको शव बिहान फेला परेको हो ।
बिहान साँढे ४ बजे घरबाट ट्युसन पढ्न निस्किएकी १५ वर्षीया बालिकाको शव बिहान ७ बजे खोला किनारामा स्थानीयले देखेपछि इलाका प्रहरी कार्यालय रामपुरमा खबर गरेका थिए ।
घटनाको प्रकृति हेर्दा हत्या भएको देखिए पनि प्रहरीले पुष्टि गरिसकेको छैन। बालिकाको टाउकोमा चोटपटक देखिएकाले कुटपिट गरी हत्या गरेको हुन सक्ने अनुमान गरिएको छ ।
जिल्ला प्रहरी कार्यालयका उपरीक्षक सुवासचन्द्र बोहोराले अनुसन्धानका क्रममा रहेकाले अहिले नै एकिन गर्न नसकिने बताउनुभएको छ ।
उहाँले अनुसन्धानका लागि केन्द्र र प्रदेश प्रहरीसँग समन्वय भइसकेकाले अनुसन्धानपछि मात्र घटनाको पहिचान गर्न सकिने बताउनुभयो ।
कोसी जनता माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत सुननुवार एसइइको परीक्षा परिक्षाको तयारीका सधै बिहान ट्युसन पढ्न जाने गरेको परिवारका सदस्यले बताएका छन्।
घरबाट करिव दुई किलोमिटरको दुरीमा रहेको विद्यालयको करिब ७ सय मिटर नजिक घटना भएको स्थानीयले बताएका छन् ।