भ्यानको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

जनकपुरधाम । धनुषाको मिथिला नगरपालिकामा पिकअप भ्यानको ठक्करबाट मोटरसाइकल चालक ५६ वर्षीय शेरबहादुर राईको मृत्यु भएको छ।

आज बिहान ८ बजे मिथिला–११ बाहुनमारास्थित पृथ्वी राजमार्गमा सिन्धुलीबाट बर्दिबासतर्फ आउँदै गरेको प्रदेश १–०२–००२ प नम्बरको पिकअप भ्यानले विपरीत दिशाबाट आउँदै गरेको बा ५२ प ५१३० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक राईको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

राई रौतहटको चन्द्रनिगाहपुर नगरपालिका–५ का रहेको इलाका प्रहरी कार्यालय ढल्ककेवरका प्रहरी निरीक्षक प्रदिप सुवेदीले जानकारी दिनुभयो ।

शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाइएको प्रहरी निरीक्षक सुवेदीले बताउनुभयो । ठक्कर दिने पिकअप र त्यसका चाकल सुनसरीको बराह नगरपालिका–७ का २४ वर्षीय मनिष खत्रीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

Back to top button