उदयपुरको बेलकाकी बालिका हत्यामा उनकै सहपाठीको सम्लग्नताः प्रहरी

उदयपुर । उदयपुरको बेलका नगरपालिका–१ मा भएको विद्यार्थी कविता सुनुवारको हत्यामा सहपाठीकै संलग्नता देखिएको प्रहरीले दावी गरेको छ ।

प्रारम्भिक अनुसन्धानका क्रममा सुनुवार र एउटै कक्षामा अध्ययनरत अर्की विद्यार्थीबीचको झगडाका क्रममा हत्या भएको देखिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जानकारी दिएको हो ।

वियरको बोतल र ढुंगा प्रहार गरेर हत्या गरेको अभियोगमा प्रहरीले १९ वर्षीय विनोद ढकाल र १७ वर्षीया नाबालिकालाई पक्राउ गरेको छ । पक्राउ परेकी नाबालिका मृतक कविता सुनुवारसँगै कोशी जनता माध्यमिक विद्यालय रामपुरको कक्षा १० मा पढ्ने गरेको पाइएको छ ।

मृतक र अर्की नाबालिकाबीच अलि अगाडिदेखि मनमुटाव रहेछ, त्यही विवादमा काकाका छोरा विनोदसँग मिलेर हत्या गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

Back to top button