चोभार सुक्खा बन्दरगाह सञ्चालनमा

काठमाडौं । चोभार सुक्खा बन्दरगाहको आज प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्नुभएको छ । उद्घाटन गरेसँगै बन्दरगाह सञ्चालनमा आएको छ ।

बिरगञ्जबाट आएका मालबाहक ट्रकलाई प्रवेश गराएर बन्दरगाह सञ्चालनको आरम्भ गरिएको हो । आज बिरगञ्ज नाकाहुँदै काठमाडौंका लागि मालवस्तु बोकेर आएका ३ वटा कन्टेनरलाई बन्दरगाह भित्र्याइएको थियो ।

तेस्रो मुलुकबाट काठमाडौंका लागि मालवस्तु बोकेर ती कन्टेनर बिरगञ्ज नाकाहुँदै काठमाडौं आएका थिए । व्यवसायीले आयात गरेका वस्तु बन्दरगाह भन्सार कार्यालयबाट जाँचपास गराउन पाउने भएका छन् ।

Back to top button