
बिरगञ्ज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेसँग निर्वाचन लड्न नसकेपछि गठबन्धनले तालमेल गरेको आरोप लगाउनु भएको छ ।
बिरगञ्जमा आज आयोजित कार्यक्रममा उहाँले एमालेसँग चुनाव लड्न नसक्ने भएपछि सत्तारुढ दल गठबन्धन बनाएर तालमेल गर्न लागेको आरोप लगाउनु भएको हो ।
उहाँले यसरी हजारौँ मानिस एमालेमा प्रवेश गर्नुभन्दा अगाडि नै एमालेसँगै एक्लै लड्न नसकिने भन्नेहरु अहिले के गर्दै होलान् भन्दै एमालेसँग एक्लै लड्ने हिम्मत नहुनेहरुले गठबन्धन कायम राखेर, तालमेलबाट नै लड्नुपर्छ ।’
यस्तै उहाँले केही स्वार्थी व्यक्तिले आफूलाई मधेशविरोधी रहेको हल्ला चलाएको बताउनुभयो । उहाँले जनताका माझमा भने मधेश विरोधी को हो भन्ने पुष्टि भइसकेको भन्दै भन्नुभयो, ‘म मधेशको मान्छे । ६० वर्षदेखि मत मधेशको बासिन्दा हो । ६० वर्षदेखि मधेशमा बसेको छु ।’