गठबन्धन कुहिसक्योः ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धन कुहिसकेको बताउनुभएको छ ।

भक्तपुरको सिपाडोलमा आज शान्ति निकेतन माध्यमिक विद्यालयको समुद्घाटन तथा हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले गठबन्धनको औचित्य समाप्त भएको बताउनुभएको हो ।

उहाँले भन्नुभयो, ‘ गठबन्धन कुहिसकेको छ, झर्न मात्रै बाँकी हो । कसैले अब चिन्ता नगरौं, घाम लाग्छ ।’ अध्यक्ष ओलीले चोभारमा सुक्खा बन्दरगाह उद्घाटन गरेकोमा प्रधानमन्त्री शेरबहादुर देउवालाई धन्यवाद समेत दिनुभएको छ ।

उहाँले बन्दरगाहको शिलन्यास गर्न नदिने कांग्रेसले नै सुक्खा बन्दरगाह उद्घाटन गरेकोमा धन्यवाद दिनुभएको हो । कार्यक्रममा एमाले पोलिटब्यूरो सदस्य महेश बस्नेतले पार्टी भनेकै नेकपा एमाले र नेता भनेकै केपी ओली भएको उल्लेख गर्नुभयो ।

Back to top button