
काठमाडौं । नेपाली सुनचाँदी बजारमा आज सुन र चाँदीको मूल्य घटेको छ। सुनको मूल्य प्रतितोला ३ सय र चाँदीको ५ रूपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार ५ सय तोकिएको छ। अघिल्लो दिन प्रतितोला ९८ हजार ८ सय रूपैयाँमा कारोबार भएको थियो।
यस्तै‚ आजका लागि तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार रूपैयाँ कायम गरिएको छ। हिजो प्रतितोला ९८ हजार ३ सय रूपैयाँमा कारोबार भएको थियो।
चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला ५ ले घटेर एक हजार ३ सय ३५ रूपैयाँमा करोबार भइरहेको महासंघले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९ सय १९ डलर आसपास कारोबार भइरहेको छ।