धनगढीबाट काठमाडौंका लागि उडेको विमान एक यात्रुका कारण नेपालगञ्जमै अवतरण

काठमाडौं । बुद्ध एयरको विमान नेपालगञ्जमा आकस्किम अवतरण गरिएको छ।

धनगढीबाट काठमाडौंका लागि उडेको विमानमा सवार एक यात्रुमा स्वास्थ्य समस्या देखिएपछि नेपालगञ्जमा अवतरण गरिएको हो।

नेपालगञ्ज विमानस्थलमा स्वास्थ्यकर्मी र एम्बुलेन्सको व्यवस्था गरिएको थियो। विमानस्थलमै स्वास्थ्य जाँच गरिएको र उहाँको अवस्था ठिक रहेको बुद्ध एयरले जनाएको छ।

नेपालगञ्जमा ति यात्रुलाई आफन्तको जिम्मा लगाइएको छ।

Back to top button