मूल्यबृद्धि नियन्त्रण र आर्थिक संकट समाधान गर्न अनेरास्ववियुको माग

काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले मूल्यवृद्धि नियन्त्रण र देशको आर्थिक संकटको समाधानतर्फ लाग्न सरकारको ध्यानाकर्षण गराएको छ ।

अनेरास्ववियुले आज विज्ञप्ति जारी गर्दै गठबन्धन सरकारले मुलुकलाई अँध्यारो मार्गतर्फ लगेको भन्दै मूल्यवृद्धि नियन्त्रण गर्न र आर्थिक संकटको तत्काल समाधानतर्फ लाग्न सरकारसँग माग गरेको छ ।

अनेरास्ववियु अध्यक्ष सुनिता बरालद्धारा हस्ताक्षरित विज्ञप्तिमा अनेरास्ववियुका माग सम्बोधन नभए सरकारविरुद्ध आन्दोलनको आँधीबेरी ल्याउने चेतावनी पनि दिइएको छ ।

Back to top button