विराट ट्रेड एक्स्पोमा ६ दिनमा १५ करोडको कारोबारभएपछि आयोजक उत्साही

विराटनगर । विराटनगरमा सञ्चालन भइरहेको विराट व्यापार ट्रेड एक्स्पो –२०२२ ले ६ दिनमा १५ करोड बराबरको कारोबार गरेको छ ।हाल सम्म करिब १ लाख ८० हजार जनाको सहभागिता रहेको एक्स्पोको आयोजक समिति संयोजक विकास बेगबानीले बताउनु भएको छ ।

एक्स्पो स्थलमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा एक्स्पोका संयोजक बेगवानीले पत्रकारहरूसँग ६ दिनमा १५ करोड मूल्य बराबरको कारोबार भईसकेकको समेत उहाँले बताउनुभयो ।

कोभिड महामारीको प्रकोप बाट समाज विस्तारै बाहिर निस्किरहेको अवस्थामा आयोजित एक्स्पोले राम्रै सहभागिता पाईरहेको र यसले आफूहरुमा हौसला प्रदान गरेको बताउनुभयो ।

उहाँले एक्स्पोमा सहभागी हुन नपाएकोहरूले अनुरोध गर्नु भएकोले मेला एक दिन थप सञ्चालन गर्ने निर्णय गरेको समेत बताउनुभयो । बेगबानीका अनुसार चैत २६ गते सम्पन्न हुने एक्स्पो चैत २७ गते सम्पन्न हुने भएको छ। चैत २७ गतेको सांगितिक कार्यक्रम प्रस्तुतीका लागि गायक एड्रिन प्रधान तथा उहाँको व्याण्ड आउने भएको छ ।

पत्रकार सम्मलेनमा एक्स्पो आयोजक संस्थाको तर्फ बाट बोल्दै मोरङ व्यपार संघका अध्यक्ष नविन रिजालले बोल्दै हाल सम्म एक्सपोको गतिबिधीबाट आयोजकहरू खुसी रहेको बताउनु भयो ।

‘हामीले २ लाख जनाले एक्स्पोमा सहभागिता जनाउने आंकलन गरेका थियौं’ उहाँले भन्नुभयो अहिले सम्मको सहभागिता हेर्दा त्यो सजिलै पुग्छ र ४० देखि ४५ करोड सम्मको कारोबार हुने अनुमान पनि पुग्ने देखिन्छ ।’

हालसम्म  १४ वटा शैक्षिक संस्थानका विद्यार्थीहरूलाई निशुल्क एक्स्पोमा सहभागि गराएको जानकारी दिँदै रिजालले निशुल्क सहभागि गराएको विद्यार्थीहरूबाटै पछी व्यवसायी , उद्यमी बने भने त्यसलाई एक्स्पोको सफलता मान्नुपर्ने बताउनुभयो ।

पत्रकार भेटघाट कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष अमित सारडाले एक्स्पोमा आफूहरूले बन्जीजम्पलगायत केही साहसी खेलहरू लाई समावेश गरेको र यसले एक्स्पोमा आकर्षण थप्न सफल भएको बताउनु भयो ।  एक्स्पोमा जिप लाइन, रिभर्स बन्जी र जिप साइक्लिङलगायतका साहसिक खेलकुदको व्यवस्था पनि रहेको छ ।

एक्स्पोमा आयोजकले लण्डन ब्रिज, बुर्ज खलिफा, बुर्ज अल अरब, सेन्ट वेसिल जस्ता अन्तराष्ट्रिय संरचनाले आकर्षण थपेको छ । सेल्फी जोनमा फोटो खिच्नेको भीड लाग्ने गरेको छ । एक्स्पोमा नेपाल सँगसँगै भारत, बङ्गलादेश र पाकिस्तानका उत्पादनहरु समेत बिक्री वितरणमा राखिएको छ ।

Back to top button