उदयपुरमा लुटपाटपछि एक महिलाको हत्या

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१३ बेहर्डवास्थित ६६ वर्षीया सुखरीदेवी चौधरीको हत्या भएको छ।

घरमा कोही नभएको मौका छोपी गरगहना लुटपाट गरेर उहाँको गएराति हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। उहाँलाई उहाँकै घरमा ओछ्यानमा हत्या गरी छाडेको पाइएको श्रीमान बच्चुलाल चौधरीले बताउनुभयो ।

घरमा उहाँलाई मात्र छाडेर अन्य सदस्य बाहिर गएको मौकामा हत्या गरेको हुन सक्ने बताइएको छ।

श्रीमतीलाई घरमा छाडेर गाईघाट बजार जानुभएका बच्चुलाल घर फर्किंदा सुखरीदेव मृत अवस्था फेला पारेको उहाँले बताउनुभयो। दिउँसो गाउँमा भारतीय मुलका दुई जना कालो कपडा लगाउने अघोरी बाबा आएको स्थानीयबासीले बताएका छन्।

घटनास्थलमा मृतकले लगाएको नाक, कानको गहना लुटपाटको अवस्थामा फेला पारेको थियो। मृतक चौधरीको शव राति नै प्रहरीले पोष्टमार्टमका लागि जिल्ला अस्पताल गाईघाट लगेको छ।

घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

Back to top button