नुवाकोट कांग्रेसका पूर्वउपसभापति थापा एमालेमा प्रवेश

काठमाडौं । नेपाली कांग्रेस नुवाकोटका पूर्वउपसभापति यमबहादुर थापा नेकपा एमालेमा प्रवेश गर्नुभएको छ ।

एमाले नुवाकोटका अध्यक्ष बद्री मैनालीको निवासमा पुगेर आज बिहान थापा एमाले प्रवेश गर्नुभएको हो । थापासहित कांग्रेसका अर्का नेता भगवान पौडेल पनि एमालेमा प्रवेश गरेको मैनालीले जानकारी दिनुभयो ।

कांग्रेसको १४ औँ महाधिवेशनमा पञ्चकन्या गाउँपालिकाको सभापतिमा ६ मतको अन्तरमा पराजित भएका थापा साविक भद्रुटार गाविसका निर्वाचित गाविस अध्यक्षसमेत हुनुहुन्थ्यो ।

Back to top button