
काठमाडौं । चर्चित लोकदोहोरी गायीका विष्णु माझीको ‘मुटु खाने माया’ बोलको गीत सार्वजनिक भएको छ। गीतमा विष्णु माझी र सुन्दरमणि अधिकारीको स्वर रहेको छ।
गीतमा शब्द र संगीत सुन्दरमणि अधिकारीको रहेको छ। म्युजिक एरेन्ज विनोद बाजुरालीको रहेको छ। सपना म्युजिक इन्डष्ट्रिज युट्युबबाट अफिसियल रूपमा सार्वजनिक भएको गीतमा सुन्दरमणि अधिकारी र प्रिया विष्टको अभिनय रहेको छ।
देशका विभिन्न क्षेत्रमा छायाँकन गरिएको भिडियोको निर्देशन सुन्दरमणि अधिकारीले नै गर्नुभएको छ भने सम्पादन सुजन शाहीले गर्नुभएको हो ।