एमाले महासचिवको टोली आज निर्वाचन आयोग जाने

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेल नेतृत्वको टोली आज निर्वाचन आयोग जाने भएको छ ।

एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार पोखरेल नेतृत्वको टोली आज दिउँसो १ बजे निर्वाचन आयोग जाने कार्यक्रम छ ।

एमालेले निर्वाचन आचारसंहिता, मतपत्रलगायतका विषयमा आयोगलाई पटक–पटक ध्यानाकर्षण गराउँदै आएको छ ।

Back to top button