बडूलाई उद्योगमा सारेर बन्दीलाई कानुनमन्त्री बनाउने तयारी

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अधिवक्ता गोविन्द बन्दीलाई कानुनमन्त्री बनाउने तयारी गर्नुभएको छ ।

उहाँ एकीकृत समाजवादी निकट गैरसांसद हो । वर्तमान कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूलाई उद्योग मन्त्रालयको जिम्मा दिने तयारी भएको स्रोतले बताएको छ।

प्रधानमन्त्री देउवाले मन्त्री बनाउने तयारी गर्नुभएको कुरा सत्य भए पनि अहिलेसम्म आधिकारिक रूपमा जानकारी नआएको बन्दीले बताउनुभयोे।

बन्दीको आजै शपथ ग्रहणको तयारी छ। गैरसांसद व्‍यक्ति पनि ६ महिनाका लागि मन्त्री बन्न पाउने संवैधानिक व्‍यवस्था छ।

Back to top button