इन्टर कलेज क्रिकेट यहि आउदो शनिबारबाट

काठमाडौं । ललितपुर प्याट्रियट्सले आयोजना गर्ने इन्टर कलेज क्रिकेट प्रतियोगिता यहि आउदो शनिबारबाट सुरु हुने भएको छ ।

आयोजक ललितपुर प्याट्रियटस्ले आज पत्रकार सम्मेलन गर्दै प्रतियोगिता अप्रिल ९ बाट १६ सम्म हुने जनाएको छ । लिग कप नकआउटको आधारमा हुने प्रतियोगितामा ८ टोलीलाई २ समूहमा विभाजन गरिएको छ ।

समूह ‘ए’मा एफेक्स कलेज, ब्लूबर्ड कलेज, मोरङ इन्टरनेशनल कलेज र जोल्डेन गेट कलेज रहेका छन् । त्यस्तै समूह ‘बी’मा हिमालयन ह्वाइट हाउस कलेज, टेक्सस इन्टरनेश्नल कलेज, एड्भान्स कलेज र ओमेघा कलेज रहेका छन् ।

यस्तै २ समूहमा शीर्ष २ टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । प्रतियोगिताको विजेता टोलीले एक लाख नगद प्राप्त गर्नेछ । त्यस्तै उप–विजेताले ५० हजार प्राप्त गर्नेछ ।

प्रतियोगिताको उत्कृष्ट खेलाडीले २५ हजार पाउँदा वेस्ट बलर र वेस्ट ब्याट्सम्यानले १५ हजार पाउनेछ । हरेक खेलको ‘म्यान अफ दी म्याच’ हुने खेलाडीले दुई हजार पाउनेछ ।

Back to top button