नवनियुक्त मन्त्री कोइरालाद्धारा सपथग्रहण

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित समारोहमा राष्ट्रपतिसमक्ष नवनियुक्त मन्त्री कोइरालाले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको हो ।

शपथग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवासहित मन्त्रीहरू र उच्चपदस्थ सरकारी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

Back to top button