विकास र समृद्धिको लागि जनताले एमालेलाई नेतृत्वमा पुर्‍याउँछन्ः ओली

नेपालगञ्ज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको विकास र समृद्धिका लागि स्थानीय तहको निर्वाचनमा जनताले एमालेलाई नेतृत्वमा पुर्‍याउने बताउनुभएको छ ।

नेकपा एमाले, बाँकेले नेपालगञ्जमा आज आयोजना गरेको अगुवा कार्यकर्ता भेला एवं पार्टी प्रवेश कार्यक्रममा उहाँले समृद्ध नेपाल निर्माणका लागि एमाले प्रतिबद्ध रहेको बताउनुभएको हो ।

अध्यक्ष ओलीले अहिले मुलुकको अर्थतन्त्र सङ्कटमा परेको उल्लेख गर्दै लगानी गर्ने पूँजी नभएकाले रोजगारी र उत्पादन अगाडि बढ्न नसक्ने बताउनुभयो ।

उहाँले सरकालाई जनमैत्री कार्यक्रम गर्न समेत आग्रह गर्नुभयो । अध्यक्ष ओलीले हालै बाँकेको नरैनापुरमा भएको आगलागीमा परेका १६ घरपरिवारलाई जस्तापाता र १÷१ लाख दिने घोषणा समेत गर्नुभयो ।

Back to top button