स्थानीय निर्वाचनः विराटनगरको १५ नं वडामा एमालेको घरदैलो कार्यक्रम

विराटनगर । स्थानीय तहको निर्वाचनको प्रचारप्रसारमा होमिएको नेकपा एमाले विराटनगर महानगरले घरदैलो अभियानलाई तिब्रता दिएको छ । उम्मेदवार तय नभई पार्टीका लागि मत माग्दै नेकपा एमाले ले वडा वडामा घरदैलो कार्यक्रम शुरु गरेको हो ।

यसैबिचमा विराटनगर– १५ वडा कमिटीले पनि आजदेखि घरदैलो कार्यक्रम सुरु गरेको छ । एमालेको वडा पार्टी कार्यालय बाट सुरु भएको चुनावी र्‍याली तथा कार्यक्रम वडाको हड्ताली हाट, भट्टीमोडको एक चक्कर लगाएर पूर्ण वडा पार्टी कार्यालयमा पुगेको वडा कमिटिको अध्यक्ष उमेश गुरुङले बताउनु भयो।

आधिकारिक उम्मेदवारको घोषणा नभैसकेको अवस्थामा पनि चुनावी माहोल बनाउन पार्टीको चुनाव चिन्न सुर्यलाई मत माग्दै आफुहरु हिंडेको गुरुङले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो वडा कमिटीको पूर्ण बैठकले चुनावी र्‍यालीको पहिलो चरण चैत ३० गते सम्म सक्ने निर्णय गरेकोले हामीहरु त्यही हिसाबमा अघि बढ्दैछौं ।

वडा कमिटीले आयोजना गरेको र्‍यालीमा नेकपा एमालेको महानगर कमिटी अध्यक्ष सागर थापा, जिल्ला कमिटी सदस्य धर्मानन्द सञ्जेललगायत उल्लेख्य संख्यामा एमाले कार्यकर्ताको उपस्थिती रहेको थियो ।

Back to top button