सत्ता गठबन्धनको बैठक बस्दै

काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक बस्ने भएको छ । स्थानीय तह निर्वाचनका सन्दर्भमा छलफल गर्न गठबन्धनको बैठक बस्न लागेको हो ।

बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा विहान ११ः३० बजे बस्ने तय भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनका शीर्ष नेतालाई छलफलका लागि बोलाउनुभएको स्रोतले जानकारी दिएको छ ।

प्रधानमन्त्री तथा कांग्रेस सभापति देउवाले स्थानीय तह निर्वाचनको तयारी र देखापरेका चुनौतीका विषयमा गठबन्धनका शिर्ष नेताहरुसँग छलफल गर्न लाग्नुभएको बताइएको छ ।

Back to top button