
काठमाडौं । काठमाडौंको गोकर्ण जंगलमा हिजो साँझ फेला परेको शवको पहिचान खुलेको छ।
गोकर्ण नगरपालिका–६ स्थित जगडोल पार्क नजिकैको जंगलमा महिलाको शव भेटिएको थियो।
मृत्यु हुनेमा काठमाडौं महानगरपालिका–६ कपन सरस्वती नगर बस्ने भोजपुर हतुवागढी गाउँपालिका–२ घर भएकी २७ वर्षीया निला राई रहेको महानगरीय प्रहरी प्ररीसर टेकुका प्रवक्ता तथा एसपी दिनेश मैनालीले बताउनुभएको छ ।
हिजो साँझ नै प्रहरी घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको थियो । प्रहरीले मुचुल्का लगायतको प्रारम्भिक अनुसन्धान कार्य सम्पन्न गरी शवलाई पोष्टमार्टमको लागी फरेन्सिक मेडिसिन विभाग महाराजगंजमा पठाइएको प्रहरीले जनाएको छ।
घटनास्थलमा शव फेला पार्दा मृतकको बाँया हातको नाडीमा भित्री हड्डी समेत देखिने गरी नशा सहित गहिरो रुपमा काटेको अवस्थामा घाउचोट भई रगत लत्तपतिएको अवस्थामा प्रहरीले फेला पारेको थियो।
साथै घटनास्थलमा बिषादिको बट्टा र धारिलो ब्लेडसमेत फेला पारेकाले हत्या भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ।
घटना सम्बन्धमा महानगरीय प्रहरी बृत बौद्ध काठमाण्डौंबाट थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ।