सबैतिर तालमेल गरेर जाने निर्णय भयो: प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तारूढ दलहरुबीच तालमेलको विषयमा कुरा भएको बताउनुभएको छ ।

उहाँले आज पत्रकारहरुसँग कुराकानी गर्दै सत्तारूढ गठबन्धनको आजको बैठकमा निर्वाचन केन्द्रित कुराकानी भएको बताउनुभएको हो ।

उहाँले भन्नुभयो, “मुख्य रुपमा निर्वाचन केन्द्रित भएर कुरा भएको छ। सबैतिर तालमेल गरेर नै जाने भन्ने नै कुरा भयो।”

अर्को एक फरक प्रसङ्गमा उहाँले भरतपुर महानगरको नेतृत्वका बारेमा छलफल नभएको जानकारी दिनुभयो।

“छलफलबाट निकास निकाल्छौँ, केही समस्या छैन।” उहाँले बताउनुभयो।

Back to top button