जहदामा ‘अध्यक्ष कप क्रिकेट टुर्नामेन्ट– २०७८’ हुने

विराटनगर । मोरङको जहदा गाउँपालिका स्थित पोखरीया मैदानमा भोलीदेखि ‘अध्यक्ष कप क्रिकेट टुर्नामेन्ट– २०७८’ हुने भएको छ।लक्ष्मिनीयाँ युवा क्लबको आयोजनामा भोलीदेखि शुरु हुने प्रतियोगीता बैसाख ३ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतियोगिता सम्बन्धी जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै युवा क्लबका अध्यक्ष नितेश कुमार साहले प्रतियोगितामा जहदा गाउँपालिकाका ७ वटा वडाका एक/एक टीम र आयोजक लक्ष्मिनियाँको एक गरि ८ वटा टिमको सहभागिता रहने बताउनुभयो ।

प्रतियोगितामा जहदा गाउँपालिकामा बसोबास गर्ने खेलाडीलाई मात्र खेल्न दिइनेछ । प्रतियोगितामा बिजेता हुने टीमलाई ३१ हजार नगद, मेडल , र प्रमाणपत्र प्रदान गरिनेछ भने उप–बिजेताले २१ हजार नगद, मेडल र प्रमाणपत्र प्राप्त गर्ने अध्यक्ष साहले बताउनुभयो ।

लिगकम नकआउटको आधारमा खेलाइने प्रतियोगिताको आयोजना गर्न जहदा गाउँपालिकाले १ लाख ७५ हजार तथा जहदा गाउँपालिका वडा नं ५ ले ८० हजार सहयोग गरेको आयोजकले जनाएको छ ।

Back to top button