प्रदेश १ योजना आयोगको उपाध्यक्ष तथा सदस्यद्वारा शपथ ग्रहण

विराटनगर । प्रदेश  १ को प्रदेश योजना आयोगको उपाध्यक्ष डा. पूर्ण लोक्सम तथा सदस्यहरू ज्ञानेन्द्रबहादुर कार्की, नारायण कोइराला, प्रकाश राई र अञ्जु खडकाले पद तथा गोपनीयता शपथ ग्रहण गर्नु भएको छ । उहाँहरूले आज अपरान्ह सपथ लिनुभएको हो ।

मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यलयमा सम्पन्न शपथ ग्रहण कार्यक्रममा आयोगका उपाध्यक्ष तथा सदस्यहरू लाई मुख्यमन्त्री तथा आयोगका अध्यक्ष राजेन्द्र राईले शपथ ग्रहण गराउनु भएको थियो।

राजेन्द्र राईको नेतृत्वमा बसको मन्त्रीपरिषद्को बैठकले गत सोमबार प्रदेश योजना आयोगमा उपाध्यक्ष तथा सदस्यहरू नियुक्त गरेको थियो ।

Back to top button