कार्यवाहक गभर्नरमा नीलम ढुंगाना नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको कार्यवाहक गभर्नरमा नीलम ढुंगाना नियुक्त हुनु भएको छ । राष्ट्र बैंककी डेपुटी गर्भनर ढुंगानालाई हिजो सरकारले कार्यवाहक गभर्नर नियुक्त गरेको हो ।

गभर्नर महाप्रसाद अधिकारी र अर्थमन्त्री जनार्दन शर्माबीच विवाद बढेपछि अधिकारीलाई निलम्बन गरिएको छ । ढुंगानालाई केपी शर्मा ओली सरकारले पहिलो डेपुटी गभर्नरका रुपमा २ वर्ष अघि नियुक्त गरेको थियो ।

Back to top button