अध्यक्ष कप क्रिकेट टुर्नामेन्टको पहिलो खेलमा जहदा–४ विजयी

विराटनगर । मोरङको जहदा गाउँपालिकामा हिजो देखि सुरु भएको ‘अध्यक्ष कप क्रिकेट टुर्नामेन्ट–२०७८’ को पहिलो खेल जहदा–४ ले जितेको छ ।

जहदा गाउँपालिका वडा नं. ६ स्थित पोखरीया खेल मैदानमा सम्पन्न टुर्नामेन्टमा जहदा–४ ले जहदा–७ लाई पराजित गरेको हो । लक्ष्मिनियाँ युवा क्लबद्वारा आयोजित चौथो संस्करणको क्रिकेट टुर्नामेन्टको हिजोको खेलमा जहदा–७ को टीम ३६ रनले पराजित भएको हो ।

लिगकम नकआउटको आधारमा बैशाख ३ गतेसम्म चल्ने वडास्तरीय क्रिकेट टुर्नामेन्टको दोश्रो खेल आज जहदा–१ र जहदा–५ बिच हुने आयोजक संस्थाले जनाएको छ ।

संस्थाका अनुसार जहदामा जारी टुर्नामेन्टमा आयोजक लक्ष्मिनिया युवा क्लबका साथै गाउँपालिकाका ७ वटै वडाको सहभागिता रहेको छ । टुर्नामेन्टको फाईनल खेल बैशाख ३ गते हुने संस्थाका सचिव अभिषेक कुमार साहले बताउनुभयो ।

खेलको विजेता तथा उप–विजेताले क्रमशः ३१ हजार र २१ हजार रुपैयाँको नगद पुरस्कार सहित मेडल, प्रमाण–पत्र र रनिङ शिल्ड प्राप्त गर्नेछन् । खेलको उद्घाटन प्रदेश १ सरकारका स्वास्थ्य मन्त्री जयराम यादव र जहदा गाउँपालिकाका अध्यक्ष कैलाशप्रसाद मण्डलले गर्नुभएको हो ।

Back to top button