
विराटनगर । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १ सहित मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको छ ।
स्थानीय वायुका साथै पश्चिमी वायुको प्रभावका कारण आज बिहान प्रदेश १ र गण्डकी प्रदेशको केहि स्थानमा वर्षा भइरहेको मौसमविद वरुण पौडेलले जानकारी दिनुभएको छ ।
यस्तै‚ प्रदेश १, मधेश बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतः सफा रहेको छ। दिउँसो प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली रही केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना छ। बाँकी प्रदेशको मौसम सामान्यतः सफा रहने जनाइएको छ।
राति प्रदेश १‚ मधेश‚ गण्डकी र बागमती प्रदेशमा सामान्य बदली रहने तथा प्रदेश १ र गण्डकीका पहाडी भू–भागका एक वा दुई हल्का वर्षाको सम्भावना रहेको छ। अन्य भू–भागमा मौसम सामान्यतः सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।