
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले देशको आर्थिक अवस्था गम्भिर अवस्थामा पुगेको बताउनुभएको छ ।
नेकपा एमालेको प्रचार विभागले मुलुकको आर्थिक अवस्थाका बारेमा पार्टीको धारणा सार्वजनिक गर्न आयोजना गरेको पत्रकार सम्मेलनमा पौडेलले मुलुकलाई आर्थिक संकटबाट बचाउन सार्थक हस्तक्षप गर्नुपर्ने बताउनुभएको हो ।
केपी शर्मा ओली नेतृत्वको सरकारले स्वस्थ र सुदृढ अर्थ व्यवस्था छाडेर विदा भएको भन्दै उपाध्यक्ष पौडेलले ९ महिनाको अवधिमा मुलुकको अर्थ व्यवस्था अत्यन्त जोखिम अवस्थाबाट गुज्रिएको बताउनुभयो ।
संकट उन्मुख आर्थिक अवस्थाबाट बाहिर निकाल्नका निम्ती तदनुरुपका नीतिहरु अवलम्बन गर्नुपर्ने भन्दै त्यसो हुन नसके नेपालको अर्थतन्त्र श्रीलंका उन्मुख भएको बताउनुभयो ।
उहाँले अर्थतन्त्रलाई नकारात्मक दिसातर्फ लैजान अनुकुल मिल्ने गरी काम भएको दावी गर्नुभयो । उहाँले वर्तमान सरकार आएपछि अर्थतन्त्रको अवस्था निकै नाजुक भएको बताउनुभयो ।
पौडेलले भन्नुभयो,‘एमाले सरकारले ल्याएका नीतिहरुलाई देउवा सरकारले सही नीति लिएर प्रभावकारी ढंगले कार्यान्वयन गरेको भए मुलुकको आर्थिक अवस्था यो स्थितीमा आउने थिएन ।’