कारको ठक्करबाट तीनजना पैदलयात्रीको मृत्यु

नेपालगञ्ज । बाँकेको नेपालगञ्जस्थित बिपी चोक नजिकै गएराती कारको ठक्करबाट तीन जना पैदल यात्रुको मृत्यु भएको छ ।

मृत्यु हुनेमा नेपालगञ्ज–११ बस्ने ६५ वर्षीया समिना इन्द्रेसी, ५ वर्षीया अली अन्सारी र ५ वर्षकै कसिम इन्द्रेसी रहेको प्रहरीले जनाएको छ ।

गएराति सडकमा हिँडिरहेको अवस्थामा प्रदेश ३९०१९२३ च ८४८१ नम्बरको कारले ठक्कर दिँदा तीनै जना गम्भिर घाइते हुनुभएको थियो । घाइतेहरुलाई कार चालक नेपालगञ्ज उपमहानगरपालिका–१० का २८ वर्षीय इन्द्रबहादुर थापाले शिक्षण अस्पताल नेपालगञ्ज पुर्‍याउनुभएको थियो ।

१५ मिनेटपछि नै अस्पतालले उहाँहरुलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डिएसपी मधुसुदन न्यौपानेले बताउनुभएको छ । चालक थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Back to top button