
गुजरातको भारुच जिल्लामा आज एक केमिकल फ्याक्ट्रीमा आगलागी भएको छ । आगलागिका कारण बिस्फोट भएको छ । घटनामा ६ जना मजदुरको मृत्यु भएको छ ।
घटना अहमदाबाद भन्दा करिब २ सय ३५ किलोमिटर टाढा दहेज इन्डष्ट्रियल एरियामा बिहान करिब तीन बजे भएको हो ।
भारुचका एसपी लिना पाटिलका अनुसार मजदुरहरु एक रियाक्टर नजिकै काम गर्दथे जसमा अचानक बिस्फोट भयो । त्यहाँ भएका सबैको मृत्यु भएको हो । शवलाई पोस्टमार्टमका लागि अस्पताल लगिएको छ ।