सर्लाहीमा यात्रुबहाक बस पल्टिदा २४ जना घाइते

सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिका–५ स्थित फुलजोर चोकमा आज बिहान यात्रुबहाक बस पल्टिदा चालक सहित २४ जना घाइते भएका छन् ।

घाइते मध्ये ५३ बर्षीया कमला श्रेष्ठ राईको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उहाँको जनकपुर स्थित रामा मेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।

पारिश्रमिक सहकारी संस्था मोरङबाट भ्रमणको लागी प्युठान पुगेर फर्कदै गरेको प्रदेश ३–०१–००५ ख ९८६० नम्बरको बस बिहान पौने ४ बजे दुर्घटनामा परेको हो ।

Back to top button