
जनकपुर । जनकपुरस्थित मालपोत कार्यालयका निमित्त प्रमुख सुनील झा ५ लाख घुससहित रंगेहात पक्राउ पर्नुभएको छ ।
आज बिहान अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासबाट खटिएको टोलीले उहाँलाई रंगेहात पक्राउ गरेको हो । जनकपुरधामस्थित भानु चोकबाट सेवाग्राहीसँग घुस लिईरहेको अवस्थामा उहाँलाई पक्राउ गरिएको हो ।
आरोपीलाई नियन्त्रणमा लिएर मुचुल्का तयार गरिएको छ । जग्गासम्बन्धी काम मिलाइ दिने भन्दै झाले सेवाग्राहीसँग घुस लिएको अख्तियारले जनाएको छ ।