
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गोलीसहित एक युवती पक्राउ परेकी छन्।
नेपाल एयरलाइन्सको उडानबाट जापानको नारिता जान लागेकी तनहुँको भानु नगरपालिका–७ की २७ वर्षीया सोबिता नेपालीलाई गएराती पक्राउ गरिएको प्रहरीले जनाएको छ।
जाँच गर्ने क्रममा उनको झोलामा एक थान गोली फेला परेको प्रहरीको भनाइ छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।