हिमाली पदयात्रामा बिरामी भएका पर्यटकको हेलिकप्टरबाट उद्दार

काठमाडौं । हिमाली पदयात्राका क्रममा बिरामी परेका एक पर्यटकलाई हेलिकप्टर प्रयोग गरी उद्धार गरिएको छ ।

राहदानी नं ३३१६२३२२ भएका इजरायली नागरिक ओरेन जैव इडेनलाई डानेष्टिक एअरको हेलिकप्टरद्वारा रसुवाको चन्दनबारीबाट उद्धार गरी काठमाडौँ ल्याइएको हो । हिमाली पदयात्राका क्रममा हिजो गोसाइँकुण्डमा बिरामी पर्नुभएका इडेनलाई बिहान उद्धार गरिएको हो ।

हिजो उच्च भागमा दिनभर प्रतिकूल मौसमका कारण हेलिकप्टरले गोसाइँकुण्डको अवतरण गर्न नसकेपछि उहाँलाई स्थानीय होटल व्यवसायी समेतको सहयोगमा साँझ चन्दनबारी लगेर आज काठमाडौं ल्याइएको हो ।

उद्धार गरिएका पर्यटकको अहिले काठमाडौँको कालोपुलस्थित स्वागन अस्पताल उपचार भइरहेको डानेष्टिक एअरका उडान प्रबन्धक दावा शेर्पाले बताउनुभएको छ ।

दुईजना साथी मिलेर पदयात्रामा हिड्नुभएका इजरायली पर्यटक इडेनलाई शनिबार १४ हजार ३८० मिटरको उच्च भागमा गोसाइँकुण्ड पुगेपछि टाउको दुख्ने समस्या भएको थियो ।

Back to top button