एमाले अध्यक्ष ओली बझाङमा

बझाङ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बझाङमा पुग्नु भएको छ ।

एमाले जिल्ला कमिटी बझाङले सदरमुकाममा आयोजना गरेको जनसभा तथा पार्टी प्रवेश कार्यक्रम सम्बोधन गर्न ओली आज बझाङ पुग्नुभएको हो ।

उहाँको साथमा पार्टीका उपाध्यक्ष विष्णु पौडेल, पार्टीका सुदूरपश्चिम प्रदेश सहइन्चार्ज कर्ण थापा, प्रदेश अध्यक्ष दामोदर भण्डारी, पूर्वस्वास्थ्यमन्त्री भानुभक्त ढकाललगायतका नेता कार्यकर्ता बझाङ पुग्नुभएको छ ।

Back to top button